विश्व इतिहासमा आजः पीएलओको स्थापनादेखि महात्मा गान्धीका हत्यारालाई झुन्ड्याइएको त्यो दिन — OSNepal

विश्व इतिहासमा आजः पीएलओको स्थापनादेखि महात्मा गान्धीका हत्यारालाई झुन्ड्याइएको त्यो दिन

LC (KTM) November 15, 2021 0

आज विश्व इतिहासमा विविध राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । दोस्रो विश्वयुद्धपछि संसारमा शान्ति कायम गर्ने उद्देश्यले स्थापना गरिएको लीग अफ नेसको पहिलो बैठकदेखि महात्मा गान्धीका हत्याराहरुलाई आजकै दिन झुन्ड्याइएको थियो । त्यस्तै प्यालेस्टाइन स्वतन्त्रत राज्यको गठन पनि आज नै भएको थियो ।

स्वतन्त्र प्यालेस्टाइन राज्य गठन
सन् १९८८ मा अल्जेरियाको राजधानी अल्जिर्यसमा प्यालेस्टाइन लिबरेस संगठन (पीएलओ) ले प्यालेस्टाइन राज्य गठन भएको घोषणा गरेको थियो । पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानी घोषणा गरिएको थियो । अहिले राष्ट्रसंघका करिव ७० प्रतिशत सदस्यहरूले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रुपमा मान्यता दिएका छन् ।

महात्मा गान्धीको हत्यारालाई झुन्ड्याइयो
भारतमा शान्तिका दूत भनेर चिनिने महात्मा गान्धीको हत्यारालाई सन् १९४९ को १५ अक्टोबरमा फाँसी दिइएको थियो । नाथुराम गोड्से, नारायण एप्टीसहित ८ जनालाई अम्बाला जेलमा झुन्ड्याइएको थियो । नाथुराम गोड्सेले सन् १९४८ को ३० जनवरीमा गान्धीको हत्या गरेका थिए ।

लीग अफ नेसनको पहिलो बैठक
आजकै दिन अर्थात सन् १९२० को १५ अक्टोबरमा अन्तर्राष्ट्रिय संगठन लीग अफ नेसनको महासभाको पहिलो बैठक बसेको थियो । द्वितीय विश्वयुद्धपछि सृजित समस्या समाधान गर्न तथा विश्वमा शान्ति कायम गर्ने उदेश्यले सोही वर्षको जनवरीमा लीग अफ नेसन खडा गरिएको थियो ।

सेनाद्वारा ब्राजिलका शासक सत्ताच्युत
सन् १८८९ मा ब्राजिलका तत्कालिन शासक पेड्रो द्वितीय सत्ताच्युत भएका थिए । म्यानुअल डिओडोरोले नेतृत्व गरेको सैनिक अधिकारीहरूको एउटा समूहले उनलाई सत्ताच्युत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर