वुटवलबाट गैँडाको खाग सहित ३ जना पक्राउ — OSNepal

वुटवलबाट गैँडाको खाग सहित ३ जना पक्राउ

LC (KTM) December 09, 2021 0

लुम्बिनी प्रदेश । वुटवलमा गैँडाको खाग सहित ३ जना पक्राउ परेकाछन । बुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट गैँडाको खाग सहित ३ जना पक्राउ परेका छन ।४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक एसपी मनोजकुमार केसीले ओएस नेपाललाई जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेका छन् ।

उक्त होटलको कोठामा गैंडाको खागको कारोवार गर्ने मानिसहरु छन् भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले होटल तलासी गर्दा गैँडाको खाग भेटिएको प्रहरीले बताएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर