वेब सिरिजको शुटिंगमा ब्रा मात्र लगाउन अभिनेत्री उर्फीलाई निर्माताले धम्काएको खुलासा — OSNepal

वेब सिरिजको शुटिंगमा ब्रा मात्र लगाउन अभिनेत्री उर्फीलाई निर्माताले धम्काएको खुलासा

LC (KTM) November 20, 2021 0

अभिनेत्री उर्फी जाबेद अहिलेको समयमा आफ्नो बोल्ड पहिरनका कारण सधै चर्चामा आउने गरेकी छिन् । केहि समय पहिला उनी आफ्नो एयरपोर्ट लुकका कारण सामाजिक सञ्जालमा ट्रोलको शिकार हुन पुगेकी थिईन् भने ट्रोलर लाई कडा जवाफ समेत दिएकी थिईन् । अहिले आएर अभिनेत्री उर्फीले एक अन्र्तबार्ताका दौरानमा एक वेब सिरिजको शुटिंगको दौरानमा भएको दुब्र्यवहारको बारेमा खुलासा गरेकी छिन् ।

उनले ई टाइम्स लाई दिएको अन्र्तबार्तामा यस कुराको खुलासा गरेकी हुन् । उनका अनुसार उनी एक वेब सिरिजको शुटिंग गरिरहेकी थिईन् । त्यस क्रममा वेब सिरिजमा महिला निर्मात्रीले उनलाई बोल्ड सीन गर्नका लागि दबाब दिएकी थिईन् । उनले कोस्टार लाई उर्फीको सहमति बिना नै उनको शरीरमा टच गर्न भनेकी थिईन् । त्यस्तै अभिनेत्री उर्फीलाई शुटका क्रममा सिर्फ ब्रा मात्र लगाउन दबाब दिएकी थिईन् ।

तर उर्फीले यो कुरा अस्विकार गरेपछि संझौता अनुसार ४० लाख रुपैया फाइन लगाउने ति निर्मात्रीले धम्कि दिएकी थिईन् । उर्फी संग यति धेरै रकम थिएन् । उनी बिल्कुलै कन्र्फटेबल फिल गरिरहेकी थिईनन् । उनले नचाहादा नचाहदै सिर्फ ब्रा मा मात्र शुट गर्नु परेको थियो । यसैकारण उनी डिप्रेशनमा गएकी थिईन् । उनी अर्काे पटक शुटमै गएकी थिईनन् । उनको मनमा यतिबेला आत्महत्या गरु जस्तो लागेको थियो । उर्फीले जब २०२१ को बिग बोस ओटीटीमा भाग लिईने त्यसपछि चर्चामा आएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर