वैवाहिक वर्षगाँठ मनाएपछि चल चलचित्र ‘पठान’ मा फर्किन् दीपिका — OSNepal

वैवाहिक वर्षगाँठ मनाएपछि चल चलचित्र ‘पठान’ मा फर्किन् दीपिका

LC (KTM) November 22, 2021 0

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो वैवाहिक वर्षगाँठ मनाएपछि बुधबार चलचित्र ‘पठान’ को छायांकनमा फर्किएकी छन् । अभिनेता शाहरुख खान पनि डिसेम्बरको पहिलो साता यो चलचित्रको छायांकनमा फर्किंने निर्माण पक्षले जनाएको ।

यो चलचित्रमा अभिनेता जोन इब्राहिमको समेत विशिष्ट भूमिका छ । उनले एक रुसी माफियाको भूमिका निर्वाह गर्दैछन् । द्वन्द्वप्रधान यस चलचित्रको छायांकन स्पेनसहित अन्य देशमा समेत गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्पेनका मर्लोका, काडिज र वेजेर डिला फ्रेन्टरा सहरमा अभिनेत्री दीपिका र अभिनेता शाहरुखको गीतका दृश्य खिचिने जनाइएको छ । चलचित्रमा अभिनेता जोनको बाइट स्टन्ट हुनेछ । यस चलचित्रमा शाहरुख ‘रअ’ एजेन्टको भूमिकामा देखिने छन् । सौर्य दैनिकमा खबर छ । उनले विभिन्न देशमा गएर आफ्नो मिसनलाई सफल पार्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर