व्यापार घाटा कम गर्ने नाममा ढुंगा गिटी बालुवा निकास गर्ने बजेटको घोषणा राष्ट्रघाती : जसपा — OSNepal

व्यापार घाटा कम गर्ने नाममा ढुंगा गिटी बालुवा निकास गर्ने बजेटको घोषणा राष्ट्रघाती : जसपा

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ढुंगा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने ल्याएको कार्यक्रममा आपत्ती जनाएको छ । जसपाको अध्यक्ष उपेन्द्र यादव समुहले आज एक विज्ञप्ती जारी गरी यस विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ ।

‘हालै सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने छ र निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा बसोवास गराउने, वन विनास गरी होटल, होटल, रिसोर्ट आदि खोल्ने भनिएकोमा यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

संसद छलेर ल्याएको बजेटमा चुरे क्षेत्रको वन विनास गरी होटल, मोटल, रिसोर्ट आदि खोल्ने भनिएकोप्रति जसपाले आपत्ती जनाएको हो । व्यापार घाटा कम गर्ने नाममा ढुंगा गिटी बालुवा निकास गर्ने बजेको घोषणा राष्ट्रघाती भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर