शपथ ग्रहणमा समेत नगएका ओली र प्रधानमन्त्री देउवाबिच सात महिनापछि भेट हुँदै,यसरी जुराइयो अबसर — OSNepal

शपथ ग्रहणमा समेत नगएका ओली र प्रधानमन्त्री देउवाबिच सात महिनापछि भेट हुँदै,यसरी जुराइयो अबसर

LC (KTM) November 25, 2021 0

काठमाडौं, ९ मंसिर -प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सात महिनादेखि भेटवार्ता र संवाद ठप्प छ । प्रधानमन्त्रीबाट हटेपछि बालुवाटार छाडेका बालकोट फर्केका ओली त्यसयता बालुवाटार फर्केका छैनन् ।

प्रधानमन्त्री देउवाले धेरैपटक भेट्न चाहे पनि ओलीले इच्छा देखाएका छैनन् । कतिसम्म भने देउवाले प्रधानमन्त्रीको शपथ ग्रहणमा समेत ओली राष्ट्रपति कार्यालय गएनन् । निवर्तमान हुँदै गरेका प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्दै शपथ ग्रहण समारोहमा सहभागी हुने परम्परा नै छ । तर, ओलीले त्यो परम्परा तोडेका थिए ।

ओलीले आफूलाई भेट्न नचाहेपछि देउवाले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाएका थिए । ओली र कार्कीबीच तीनपटकभन्दा बढी भेटवार्ता भइसकेको छ । तर, अब देउवा र ओलीबीच संवादहीनता अन्त्य हुने भएको छ । प्रधानमन्त्री देउवा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्न चितवन जाने तय भएकाले दुवै नेताबीच संक्षिप्त भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन् । उनी हेलिकोप्टरबाट चितवन जानेछन् । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेर दिउँसो १ः१५ बजे देउवा काठमाडौं फर्कने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर