शाहरुख खानका छोरालाई जेलमै काउन्सीलिंग, जेल बाहिर आएपछि गरीबहरु लाई सहयोग गर्ने बाचा — OSNepal

शाहरुख खानका छोरालाई जेलमै काउन्सीलिंग, जेल बाहिर आएपछि गरीबहरु लाई सहयोग गर्ने बाचा

LC (KTM) October 16, 2021 0

बलिउड एक्टर शाहरुख खान तथा डिजाईनर गौरी खानका ठुलो छोरा आर्यन खानलाई ड्रग्स केसमा लगातार मुश्किल बढ्दै गईरहेको छ । एनसीबीको टीमले लगातार आर्यनलाई जमानत नमिलोस् भनेर एकदमै कोशिस गरिरहेको छ । १४ अक्टोबरमा मुम्बई क्रुजमा ड्रग्स केसमा फसेका आर्यन खानको जमानतको लागि सुनवाई भएको थियो ।

एनसीबी तथा वकीलको दलील सुनेपछि कोर्टले आफ्नो फैसला सुरक्षित राख्दै २० अक्टोबरका लागि सारेको थियो । आर्यन खानलाई एनसीबी कस्टडीमा रहदा काउन्सीलिंग गरिएको थियो । यस दौरान आर्यन खानले जेल बाट बाहिर निक्लिए पछि एक राम्रो र ईमान्दार मान्छे बन्ने बाचा गरेका थिए ।

आर्यन खान तथा बाँकी ८ आरोपीहरुलाई एनसीबीले गिरफ्तार गरेको थियो । त्यसपछि सबै टीमलाई परामर्श गरिएको थियो । उनीहरुलाई एक एनजीओको कर्मचारीद्धारा परामर्श गराइएको थियो । यतिबेला आर्यन खानले आफु सामाजिक कार्यमा लाग्ने र आर्थिक अवस्था कमजोर भएकाहरु लाई सहयोग गर्ने बाचा गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर