शीतलहरको असर सबैभन्दा बढी महोत्तरीमा, जनजीवन प्रभाजित — OSNepal

शीतलहरको असर सबैभन्दा बढी महोत्तरीमा, जनजीवन प्रभाजित

LC (KTM) January 04, 2022 0

महोत्तरीमा चिसोको कारण जनजीवन प्रभावित बन्न थालेको छ । पछिल्लो तीन दिनदेखि बढेको अत्याधिक चिसोको कारण जनजीवन प्रभावित बनेको हो ।अघिल्लो वर्षको तुलनामा ढिलो गरी सुरु भएको शीतलहरको प्रभाव विशेष गरी विद्यालय, गरिब र विपन्न वर्गमा देखिएको छ ।शीतलहरसँगै न्यानो कपडाको अभावमा अभिभावकले आफ्नो छोराछोरीलाई विद्यालय नपठाएर दाउराको जोहो गरेर आगो बाल्न थालेका छन् । विद्यार्थी आउनेको संख्या घट्दै र चिसो बढेपछि सोनामा गाउँपालिकाले तीन दिनको लागि बन्द गरेको छ भने अन्य पालिकाले समेत धमाधम विदा दिने तयारी गरिरहेका छन् ।

महोत्तरीलगायत प्रदेश २ का आठवटै जिल्लामा सावधानी अपनाउन मौसमविदहरूले चेतावनी दिएका छन । चिसो बढेकै कारण निजी तथा सामुदायिक विध्यालयहरूले आन्तरिक परीक्षाहरू सञ्चालन गरिरहेका छन् ।

पछिल्लो एक दशकयता शीतलहरको प्रभाव बढ्दै गएको छ । एक अध्ययनअनुसार महोत्तरीको मात्र शीतलहरको कुरा गर्ने हो भने विगत २० वर्षदेखिको तापक्रम हेर्दा औसत अधिकतम तापक्रम र सामान्य तापक्रममा ६ डिग्री सेन्टीग्रेडको फरक पाइएको छ । त्यसैले अधिकतम र न्युनतम तापक्रमबीचको अन्तर जति बढ्दै जान्छ त्यति नै शीतलहरको प्रकोप बढ्दै जाने विज्ञहरूको भनाइ छ ।

युनीएसडीआर र युएनडीपीको सन् २००१ देखि २०११ सम्मको तथ्यांक हेर्दा तराईका जिल्लामध्ये महोत्तरी सबैभन्दा बढी प्रभावित जिल्ला मानिन्छ । २०११ देखियता शीतलहरका कारण ज्यान गुमाउनेमा सबैभन्दा बढी महोत्तरीका नै छन् ।

खाडीतिरबाट पाकिस्तान, जम्बुकास्मिर, दिल्ली हुँदै आएको हावाको एउटा लप्काले तराई भेगमा प्रवेश पाउने र पश्चिमी हावाको प्रभाव जमेपछी चुरेबाट दक्षिणको भागमा अधिकांश रुपमा शीतलहर देखिने एउटा प्रक्रिया भए पनि पछिल्लो समय जलवायुको परिवर्तनले नियमित चक्रमा समेत फेरबदल हुने क्रम बढेको वातावरणविदहरूको भनाइ छ ।

लामो समयदेखि महोत्तरीका पालिकाहरूमा वातावरण्ीाय क्षेत्रमा काम गर्दै आएका विराट पन्त चिसोको उतारचढाव पनि जलवायु परिवर्तन कै परिणाम रहेको बताउँछन् ।
महोत्तरीको कुनै पनी पालिकाका जनप्रतिनिधिहरूले सर्वसाधारणको स्वास्थ्यमा शीतलहरले प्रतिकुल प्रभाव पार्न सक्ने जोखिमतर्फ ध्यान दिन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर