शुक्रबार मध्यरातिबाट लागु हुने गरी संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस — OSNepal

शुक्रबार मध्यरातिबाट लागु हुने गरी संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

LC (KTM) October 28, 2021 0

काठमाडौं ११ कात्तिक । सरकारले चालु संसद अधिवेशन अन्त्य गर्ने भएको छ । आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले कात्तिक १२ गते अर्थात भोली शुक्रबार राति १२ बजेबाट लागु हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको बताइएको छ ।

गत भदौ २३ गते देखि सुरु भएको संसद असधवेशनमा नेकपा एमालेका सांसदहरुले निरन्तर अवरोध र नारावाजी गरेपछि सरकार यो निणर्यमा पुगेको बताइएको छ । अवरोधका बाबजुद पनि सरकारले नयाँ बजेट भने ल्याएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकले भने अब अर्को बैठक कात्तिक २९ गते बस्ने गरी स्थगित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर