श्रीमतीले छोडेर गएपछि ६ बर्षदेखि कुकुर र गाईवस्तुसँगै बस्छन् यि युवक, हेर्नुहोस् भिडियो — OSNepal

श्रीमतीले छोडेर गएपछि ६ बर्षदेखि कुकुर र गाईवस्तुसँगै बस्छन् यि युवक, हेर्नुहोस् भिडियो

LC (KTM) November 26, 2021 0

बर्दियाका प्रकाश मल्लको कामलाई सबैले अनौठो मान्दछन् । बिगत ६ बर्षदेखि प्रकाश कुकुर र पशुपंक्षीहरुसँगै खान्छन् सुत्छन् र उठ्छन् । वास्तवमा प्रकाश ६ बर्ष यता दुख र पिडामा रहेका र अप्ठेरोमा परेका कुकुर गाईवस्तुहरुलाई रेस्क्यु गरिरहेका छन् । उनी अप्ठेरोमा परेका गाई वस्तु र कुकुरहरुको बारेमा जानकारी पाएसम्म देशका बिभिन्न ठाउँहरुमा पुग्छन् । यसै क्रममा उनी यहि कामका लागि थाईल्याण्ड पनि पुगिसकेका छन् । प्रकाशको भनाई छ बरु मान्छे नभए यो सन्सार चल्छ तर पशुपंक्षी बिना यो सँसार चल्दैन । प्रकाश पहिले झगडालु स्वभावका, लागुपदार्थ सेवन गर्ने र कुलतमा फसेका थिए । उनको जीउनमा कसरी यो परिवर्तन आयो ?

६ बर्षअघि आफ्नो बैवाहिक सम्बन्ध बिग्रेपछि र श्रमितीसँग डिभोर्स भएपछि प्रकाश डिप्रेशनमा पुगे । उनी कुलतमा पनि फसे । त्यसँगै आफ्नो घरमा आएको एउटा कुकुरले उनको जीवन परिवर्तन गरिदियो । जाडोमा काम्दै आएको कुकर पछि रहेन, उनी आफुले उक्त कुकरलाइृ बचाउन नसकेपछि अरु कुकुरको ज्यान बचाउन लागे । सम्पुर्ण पशु र पँक्षीका उत्पादनहरु त्यागे । अहिले प्रकाशको जीवन निकै फरक छ । काठमाडौंमा शिशिर भण्डारीसँग कुकुरलाई रेस्क्यु गरेपछि कुराकानी गर्न पुगेका प्रकाशले आफ्नो जीवन कथा यसरी बताए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर