श्रीमान छेउमै थिए, इमरान मलाई चुम्बन गर्न डराउथे : विद्या बालन — OSNepal

श्रीमान छेउमै थिए, इमरान मलाई चुम्बन गर्न डराउथे : विद्या बालन

LC (KTM) January 04, 2022 0

बलिउडको ‘सिरियल किसर’ का रुपमा परिचित अभिनेता इमरान हाशमीले आफू एक अभिनेत्रीलाई चुम्बन गर्न निकै डराएको खुलासा भएको छ । फिल्म ‘घनचक्कर’मा अभिनेत्री विद्या वालनलाई चुम्बन गर्न उनी निकै डराएका थिए । त्यही डरका कारण उनले विद्यालाई पटकपटक एउटै प्रश्न सोधिरहन्थे ।

इमरान र विद्याले फिल्म ‘घनचक्कर’मा कैयौँ चुम्बन दृश्य दिएका छन् । विद्यालाई चुम्बन गर्दा इमरान निकै डराएका थिए । जबकि यसअघिको फिल्ममा उनी जति खुसीका साथ अभिनेत्रीलाई चुम्थे । ‘घनचक्कर’मा माहौल ठीकविपरीत देखियो ।

अभिनेत्री नेहा धुपियाको च्याट शोमा उपस्थित भएकी विद्याका अनुसार इमरानले विद्यासँग चुम्बन दृश्य दिँदा डराउने कारण विद्याका पति तथा फिल्म निर्माता सिद्धार्थ रोय कपुर थिए । ‘सिद्धार्थले के भन्लान् रु के तपाईंलाई लाग्छ कि उनले मेरो पेमेन्ट चेक दिन्छन् रु’ चुम्बनपछि विद्यालाई इमरान यही प्रश्न सोधिरहन्थे । किनकि फिल्मका निर्माता विद्याका पति सिद्धार्थ नै थिए ।

विद्याले आफूलाई इमरानले किन यस्तो प्रश्न सोधिरहन्छ भनेर अन्यौल भएको बताएकी छन् । ‘फिल्ममा हामी कलाकार हौं । कथा अनुसार हामीले अभिनय गर्नुपर्छ । तर इमरानले मलाई प्रश्न गरिरहँदा म अचम्ममा पर्थें’, उनले भनेकी छन् ।

इमरानले फिल्मी करियरको सुरुवात सन् २००३ मा विक्रम भट्टको फिल्म ‘फुटपाथ’बाट सुरु गरेका थिए । यो फिल्ममा उनीसँगै आफताब शिवदासानी र बिपाशा बसुको पनि अभिनय थियो । यो फिल्मबाट चुम्बन दृश्य दिन थालेका इमरानले त्यसपछिका सबै फिल्ममा चुम्बनलाई छुटाएनन् । त्यहीकारण उनलाई बलिउडको ‘सिरियल किसर’ उपमा दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर