श्रोत नखुलेको ३८ लाख रुपैयाँसहित २३ वर्षीय अमित समातिए — OSNepal

श्रोत नखुलेको ३८ लाख रुपैयाँसहित २३ वर्षीय अमित समातिए

LC (KTM) January 06, 2022 0

जनकपुरधाम, २२ पुस- सशस्त्र प्रहरी श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन नगरपालिका-२ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका-१ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिए ।

पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई घटना अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर