संवैधानिक आयोगका पदाधिकारीहरूले यस्तो विज्ञप्ती निकालेर न्यायालयको क्षेत्राधिकार र मर्यादाको धज्जी उडाए : भीम रावल — OSNepal

संवैधानिक आयोगका पदाधिकारीहरूले यस्तो विज्ञप्ती निकालेर न्यायालयको क्षेत्राधिकार र मर्यादाको धज्जी उडाए : भीम रावल

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सरकार, अदालत र नियुक्ति पाउनेहरू बीचको साठगाँठ कै पर्दाफास भएको बताएका छन् ।

नेता रावलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै इतिहासमै पहिलो पटक न्यायिक नैतिकता र जिम्मेवारीबोधको गम्भीर प्रश्न उठिरहेको बेला संवैधानिक आयोगका पदाधिकारीहरूले यस सम्बन्धनमा विज्ञप्ती निकालेर क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएको भन्दै यस्ते बताएका हुन् ।

‘प्रधान न्यायाधीशका सामु इतिहासमै पहिलो पटक न्यायिक नैतिकता र जिम्मेवारीबोधको गम्भीर प्रश्न उठिरहेको बेला यसबारे संवैधानिक आयोगका पदाधिकारीहरूले विज्ञप्ति निकालेर क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएका छन्।’ सामाजिक सञ्जालमा नेता रावलले भनेका छन् , ‘यसबाट सरकार, अदालत र नियुक्ति पाउनेहरू बीचको साठगाँठ कै पर्दाफास भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर