बाल विवाह नरोकिएको भन्दै सिडिओ र एसपी नै पुग्न थाले स्कुल स्कुलमा — OSNepal

बाल विवाह नरोकिएको भन्दै सिडिओ र एसपी नै पुग्न थाले स्कुल स्कुलमा

LC (KTM) January 08, 2022 0

सप्तरी – बाल विवाह न्यूनीकरण र लागुऔषध दुव्र्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् ।राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुग्नु भएका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका रहने बताउनुभयो । बालविवाहले निम्त्याउने असर र यसको न्यूनीकरणका लागि विद्यार्थीले निर्वाह गर्नसक्ने भूमिकाबारे उहाँले जानकारी गराउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले समाजमा विद्यमान बाल विवाह र लागु औषध दुव्र्यसनको अवस्था र कानूनी प्रावधानबारे जानकारी गराउनाका साथै यस विषयमा प्रहरीको आगामी योजनाबारे चर्चा गर्नुभयो । बाल विवाह न्यूनीकरण र लागुऔषध नियन्त्रणमा प्रहरी आक्रामक ढङ्गले अघि बढेको छ भन्दै उहाँले प्रहरीको योजनामा स्थानीय तह, अभिभावक, शिक्षक र विद्यार्थीलगायत सबै पक्षबाट सहयोग पु¥याउनु आवश्यक छ भन्नुभयो ।

समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको सयुक्त आयोजनामा भएको कार्यक्रममा राजविराज–१६ का वडाध्यक्ष बुचाई दास, विद्यालयका शिक्षक र विद्यार्थीहरूले सचेतनामुलक कार्यक्रम निरन्तर गरिनुपर्नेमा जोड दिए ।

केन्द्रका अध्यक्ष हितनारायण लाल दासको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी, स्थानीय गाउँका बुद्धिजिवी, नागरिक समाजका अगुवाको सहभागिता थियो ।समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालय र उक्त केन्द्रको सयुक्त आयोजनामा आर्थिक वर्ष २०७८÷०७९ मा ३३५ वटा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भैसकेको केन्द्रका सचिव संजय शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर