सडक दुर्घटनामा परी १८ जनाको मृत्यु,घटनाको विस्तृत विवरण आउँन बाँकी — OSNepal

सडक दुर्घटनामा परी १८ जनाको मृत्यु,घटनाको विस्तृत विवरण आउँन बाँकी

LC (KTM) November 28, 2021 0

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले आइतबार जनाएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

किर्गिस्तानमा संसदीय निर्वाचन शुरु-किर्गिजस्तानमा आइतबारदेखि संसदीय निर्वाचन शुरु भएको छ जसमा ७३६ अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पर्वेक्षण गरिरहेका छन् । उक्त निर्वाचनबाट पाँच वर्षको कार्यकालका लागि ९० जना सांसदहरू चयन हुनेछन् ।

देशको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का प्रमुख नुरझान शैल्दाबेकोवाले आइतबार बिहान स्थानीय समय अनुसार बिहान ८ बजे (०२०० GMT) मा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनका लागि त्यहाँ २ हजार ४ सय ३५ मतदान केन्द्र खोलिएको जानकारी दिनुभएको छ । ती मतदान केन्द्रहरू बेलुका ८ बजेसम्म खुला रहनेछन्। त्यसैगरी २९ देशमा थप ५९ मतदान केन्द्र खोलिनेछ ।
सांसदहरू मिश्रित निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् जसमध्ये ५४ राजनीतिक दलबाट समानुपातिक प्रणालीमा र अन्य ३६ जना एकल मत भएका निर्वाचन क्षेत्रबाट बहुमतका आधारमा निर्वाचित हुनेछन् ।निर्वाचनमा भाग लिन २१ राजनीतिक दल दर्ता भएका छन् भने एकल मत भएका निर्वाचन क्षेत्रमा २ सय ८० भन्दा बढी उम्मेदवारले उमेद्वारी दर्ता गराएका छन् ।

प्रमुख निर्वाचन आयुक्तको तथ्याङ्कअनुसार राजनीतिक दललाई तीन लाख ७०३ हजार ४२० जना मतदाताले मतदान गर्नेछन् भने एकल कार्यक्षेत्रमा तीन लाख १९ हजार २९२ जनाले मतदान गर्नेछन् ।
आन्तरिक मामिला मन्त्रालयले यसअघि मतदान केन्द्रमा सार्वजनिक सुव्यवस्था र सुरक्षाका लागि ११ हजारभन्दा बढी प्रहरी परिचालन गरिने जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर