सत्ताको मोहमा फुट्यो जसपा — OSNepal

सत्ताको मोहमा फुट्यो जसपा

LC (KTM) June 01, 2021 0

काठमाडौं १८ जेठ । अन्तत सत्ताको मोहमा जनता समाजवादी पार्टी फुटेको छ । अध्यक्ष उपेन्द्र यावद समुहले अर्का अध्यक्ष महन्थ ठाकुर , वरिष्ठ नेता राजेन्द्र महतो , नेताद्धय सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबा निष्काशन गरेपश्चात जसपा फुटेको हो ।

एउटै पार्टी दूई धारमा उभिएर एकले अर्कोलाई स्पष्टिकरण सोध्ने कार्यले गर्दा यो पार्टी पुरानै अवस्थामा फर्कने लगभग पक्का भएको छ । हिजो प्रधानमन्त्री केपी ओलीसँगको सहमतिपछि सरकारमा जान सहमत भएको ठाकुर समुहले दल फुटाउन सजिलो ुने अध्यादेश ल्याउन समेत ओलीलाई आग्रह गरेका थिए । ठाकुर आफ्नो पुरानै पार्टी राजपा ब्युँताउने तिर लागेका छन् ।

सरकारले ८ मन्त्री र २ राज्यमन्त्री दिन्छु भनेपछि आफ्नै पार्टी त्याग्न सहमत भएका ठाकुर पक्ष यति बेला ककसलाई मन्त्री बनाउने भन्ने तिर लागेको छ । लई अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि कारबाही गरेपछि फुटेको हो ।पार्टी फुटको औपचारिक घोषणा हुनमात्र बाँकी रहँदा अर्का अध्यक्ष भने उपेन्द्र यादव समूह भने जसपा नै चलाएर अगाडी बढ्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर