सत्ता गठवन्धन दलको बैठक बालुवाटारमा सुरु बैठकमा मुख्य यी तिन विषयमा छलफल गरिँदै — OSNepal

सत्ता गठवन्धन दलको बैठक बालुवाटारमा सुरु बैठकमा मुख्य यी तिन विषयमा छलफल गरिँदै

LC (KTM) September 26, 2021 0

काठमाडौँ ११० असोज । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठवन्धनको बैठक सुरु भएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु बालुवाटार पुगेका छन् ।

बैठक अहिले बिहान १० बजेबाट सुरु भएको हो । आजको बैठकमा मन्त्रिपरिषद् विस्तार , राजदुत नियुक्त तथा लगातार रुपमा नेकपा एमालेले संसदमा जारी राखेको अवरोधको विषयमा पनि छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

गठवन्धन सरकारले नेतृत्व गरेको साढे दुई महिना सम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर