सबैभन्दा बढी कर तिर्नेउद्योगी र व्यवसायी अर्थमन्त्री शर्माबाट सम्मानित, व्यक्तिगत तर्फबाट सिद्धार्थ राणा — OSNepal

सबैभन्दा बढी कर तिर्नेउद्योगी र व्यवसायी अर्थमन्त्री शर्माबाट सम्मानित, व्यक्तिगत तर्फबाट सिद्धार्थ राणा

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । नेपाल सकारले सबैभन्दा बढी कर तिर्नेलाई सम्मानित गरेको छ । बुधबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रम मार्फत अर्थमन्त्री जनार्दन शर्माले सबैभन्दा धेरै कर तिर्ने उद्योगी र व्यवसायीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा बहुराष्ट्रिय उद्योगतर्फ सूर्य नेपाल, भ्याटतर्फ घोराही सिमेन्ट र बीमा कम्पनीतर्फ नेपाल पुनर्बीमा कम्पनी रहेका छन् । यसैगरी व्यक्तिगत तर्फबाट सिद्धार्थ राणा सम्मानित भएका छन् ।

राणा हरेका वर्ष सबैभन्दा धेरै कर तिर्ने व्यवसायीको रुपमा सम्मानित हुँदै आएका छन् । त्यसैगरी, भारतीय लगानीको डाबर नेपाल सबैभन्दा धेरै निर्यात गर्ने कम्पनी बनेर सम्मानित बनेको छ ।

साथै उद्योगतर्फ एसियन पेन्टस्का गोपाल श्रेष्ठ ,कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेक रवाणिज्य बैँकतर्फ नबिल बैंकनोबेल हस्पिटल, तारागाउँ रिजेन्सी र भाटभटेनी पनि सम्मानित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर