सबैलाई भाबुक बनायो बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको बिगतले , काम गरेको तलब आउँथ्यो ३५ रुपैया — OSNepal

सबैलाई भाबुक बनायो बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको बिगतले , काम गरेको तलब आउँथ्यो ३५ रुपैया

LC (KTM) November 21, 2021 0

बलिउडमा गोलमाल, सिंघम तथा अहिले सुर्यबंशी जस्तो एक्सन फिल्मका लागि महसुर निर्देशक रोहित शेट्टी आजका दिनमा बलिउडकै दिग्गज निर्देशकहरुको लिस्टमा गनिने गरेका छन् । उनी संग काम गर्न बलिउडका चलेका स्टारहरुको लाईन लाग्ने गर्दछ । अहिले उनी जुन स्थानमा पुगेका छन् यो उनका लागि एक सपना जस्तो मात्र थियो ।

आफ्नो बितेका पलहरुमा गरेका संघर्षको याद गर्दै रोहितले बताएका छन् कि करियरको सुरुवाती दिनहरुमा उनी मात्रै ३५ रुपैया कमाउने गर्दथे । एक च्याट शो मा रोहित शेट्टीले आफ्नो संघर्षका दिनहरुलाई संझिएका थिए । उनले ९० को दशकमा बतौर चीफ असिस्टेण्ड निर्देशकको रुपमा बलिउडमा आफ्नो करियर सुरु गरेका थिए ।

उनको यो जिन्दगीको यात्राका क्रममा ३५ रुपैया सेलरी रहेको थियो । रोहितका अनुसार उनको घरको स्थिती एकदमै नाजुक रहेको थियो । उनको पिता एक एक्सन डिरेक्टर रहेका थिए तर पनि रोहितको जिन्दगीको यात्रा भने सुखद रहेको थिएन् । संघर्षको बेला उनले स्ट्रीट फुड खाएरै रमाईलो मान्ने गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर