सरकारसँग गठबन्धन गरेर न्यायालय बिटुलियो : प्रवक्ता ज्ञवाली — OSNepal

सरकारसँग गठबन्धन गरेर न्यायालय बिटुलियो : प्रवक्ता ज्ञवाली

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले विकास विरोधी काम गर्दे आएको बताएका छन् । मंगलबार गुल्मीको रेसुङ्गा नगरपालिकामा पार्टीको पालिका अधिवेशन उद्घाटन गर्दै प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन् ।

सरकारसँग गठबन्धन गरेर न्यायालय बिटुलिएको बताएका उनले न्यायाधीशको मागमा मन्त्री पद बाँड्नु लज्जास्पद भएको बताएका छन् ।

कार्यपालिका र न्यापालिकाबीच अपवित्र साँठगाँठ भएकाले आजको यो स्थिति आएको उनले बताएका छन् ।

‘जनताले वर्षौंदेखि न्याय मागिरहेका बेला सरकारसँग गठबन्धन गरेर न्यायालय बिटुलिएको छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर