सरकारसँग जागिर माग्दै चार महिनादेखि पानी ट्यांकीमै बास — OSNepal

सरकारसँग जागिर माग्दै चार महिनादेखि पानी ट्यांकीमै बास

LC (KTM) December 27, 2021 0

लखनउ, १२ पुस -विगत १२० दिनदेखि शिखा पल लखनउको निसातगन्ज क्षेत्रस्थित शिक्षा निर्देशनालयको पानी ट्यांकीमाथि बसिरहेकी छिन् । नयाँ रेकर्ड तोड्ने उनको लक्ष्य छैन् । केबल विरोध प्रदर्शनका लागि उनी त्यहाँ बसेकी हुन् ।

सरकारले हालै ६९ हजार शिक्षक नियुक्तिका लागि आवदेन खुलाएको थियो । अधिकांश पदमा पूर्ति भए पनि विविध कारण २२ हजार सीट अझै रिक्त छ । सोही रिक्त पदमध्ये एउटा सीटमा आफूलाई नियुक्त गरियोस भन्दै उनले अनौठो ढंगले विरोध प्रदर्शन गरिरहेकी छिन् ।

शिखाले लखनउ विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेकी छिन् । तर, पनि उनी वेरोजगार छिन् । पुसको यो चिसो मौसममा पानी ट्यांकीमाथि बसेरै समय व्यतित गरेकी छिन् ।

‘वासरूममा जानबाहेक म ट्यांकीबाट तल झर्दिन,’ उनी भन्छिन् । आफन्तहरुले उनलाई एउटा डोरीमा झुन्ड्याएर खानेकुरा र अन्य अत्यावश्यक समाग्री दिन्छन् । ’
आफू सरकारी विद्यालयमा प्राथमिक तहमासमेत पढाउन इच्छुक रहेको उनको भनाई छ । ‘१२० दिन बित्दा पनि मेरो माग सम्बोधन गर्न सरकार सकरात्मक भएन,’ उनी भन्छिन् ।

शिखासँगै आफूहरुलाई पनि रोजगारीका अवसर उपलब्ध गराउनु पर्ने माग गर्दै अन्य प्रदर्शनकारीहरुले पनि विरोध गरेका छन् । उनीहरुले भने दिउँसो मात्र निश्चित समयमा शिक्षा निर्देशानलय अगाडि धर्ना दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर