सरकार र कांग्रेस यी मूल्य र मान्यतामा प्रतिबद्ध प्रधानमन्त्री देउवाको दावी — OSNepal

सरकार र कांग्रेस यी मूल्य र मान्यतामा प्रतिबद्ध प्रधानमन्त्री देउवाको दावी

LC (KTM) November 26, 2021 0

=काठमाडौं १० मंसिर । प्रधानमन्त्री शेरबादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरूमा समान धारणा बनाएर सहकार्य गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवशेनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफुहरुबीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई आफुहरुले स्वीकार गर्ने पद्धति बसाल्नुपर्ने बताएका देउवाले सरकार र कांग्रेस ती मूल्य र मान्यतामा प्रतिबद्ध रहेको दावी समेत गरेका छन् ।

‘नयाँ संविधानमार्फत लोकतन्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न जिम्मेवार राजनीतिक दलको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।

फरक-फरक विचारका व्यक्तिहरू भएकाले नै विभिन्न राजनीतिक दल भएको बताएका देउवाले अघि भनेका छन्, ‘तर लोकतान्त्रिक मूल्य र जीवन्ततालाई, व्यक्तिगत स्वतन्त्रताको रक्षा, राष्ट्रिय स्वाधीनता तथा अखण्डतालाई जोगाउनका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर