सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका नौ जना नेता गोगंबुबाट पक्राउ — OSNepal

सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका नौ जना नेता गोगंबुबाट पक्राउ

LC (KTM) June 06, 2021 0

काठमाडौं २३ जेठ । सरकारले चुरे क्षेत्र दोहन गरेको भन्दै नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले नौ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री दीपक भट्टराई , नेताहरु किशोर गुरूङ, सन्तोष आले, धर्मराज शाही, परोपकार अधिकारी, सुदर्शन पनेरू, हिक्मत शाही, दीपेन्द्र ढकाल, सुमन बुढामगर रहेका छन् ।

सरकारले ल्याएको चुरे क्षेत्रको कार्यक्रम राष्ट्रहित हिपरित भएकोले तत्काल फिर्ता लिनुपर्ने तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने ,पेट्रोलियम पदार्थमा भएको मूल्‍यवृद्धि फिर्ता लिनुपर्ने भन्दै जारी निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले काठमाडौस्थित गोंगबुबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर