सर्पले टोकेर भाइरल झाँक्री २५ वर्षीय कृष्णबहादुरको मृत्यु, परिवारमा रुवाबासी — OSNepal

सर्पले टोकेर भाइरल झाँक्री २५ वर्षीय कृष्णबहादुरको मृत्यु, परिवारमा रुवाबासी

LC (KTM) October 17, 2021 0

ताप्लेजुङ ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृत्यु भएकाे छ । जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । भाइरल झाँक्री नामले परिचित उनलाई गएराति घरमै सर्पले टोकेको थियो।

शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो । सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान आफन्तले जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । झारफुक गर्दा अवस्था झन गम्भीर भएपछि मात्रै अस्पताल लगिएको मृतकका छिमेकी संविधानसभा सदस्य संचपाल मादेनले बताए। अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर