सर्वोच्च अदालतमा आन्दोलनरत कानुन व्यवसायी र सुरक्षाकर्मीबिच घम्साघम्सी — OSNepal

सर्वोच्च अदालतमा आन्दोलनरत कानुन व्यवसायी र सुरक्षाकर्मीबिच घम्साघम्सी

LC (KTM) November 19, 2021 0

काठमाडौं ३ मंसिर । सर्वोच्च अदालतमा आन्दोलनरत कानुन व्यवसायी र सुरक्षाकर्मी बिच घम्साघम्सी भएको छ । आन्दोलनरत कानुन व्यवसायीहरुको धर्ना स्थलमा प्रहरीले घेरा हालेर बसेपछि दुई पक्षबिच घम्साघम्सी भएको हो ।

अन्य दिन भन्दा बाक्लो सुरक्षा कर्मीको तैनाथ भएको अदालत परिसरमा आन्दोलनरत कानुन व्यवसायीहरुलाई रोक्न प्रयास भइरहेको छ ।

आफुहरु शान्तिपूर्ण रुपमा धर्नामा बस्दा पनि प्रहरीले रोकेको भन्दै आफूहरू हुलहुज्जत नगर्ने भएकाले धर्नास्थल प्रवेश गर्न दिन कानून व्यवसायीले प्रहरीसँग आग्रह गरेका छन् ।

प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै गत कात्तिक १४ गते देखि सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुले विरोध कार्यक्रम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर