'सर्वोच्च अदालतमा भएको आन्दोलन हामीलाई फ्याकेको ब्रम्हास्त्र ठोक्किएर फर्किँदाखेरि पाँच दलका नेताको टाउकोमा लागेको छटपटी हो' — OSNepal

‘सर्वोच्च अदालतमा भएको आन्दोलन हामीलाई फ्याकेको ब्रम्हास्त्र ठोक्किएर फर्किँदाखेरि पाँच दलका नेताको टाउकोमा लागेको छटपटी हो’

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । नेकपा माओवादीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा विषयमा सर्वोच्च अदालतमा भइरहेको आन्दोलन सत्ताठगवन्धन पाँच दलको छटपटी मात्र भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीले भनेका छन्, ‘हामीलाई फ्याकेको ब्रम्हास्त्र ठोक्किएर फर्किँदाखेरि आफैंलाई लागेर भएको छटपटी हो,यो केही होइन, पाँच दलीय छटपटी मात्र हो ।’

आफ्नो पार्टीलाई प्रहार गरिएको ब्रम्हास्त्र फर्किएर पाँच दलका नेताको टाउकोमा लागेको बताएका उनले यस लडाईंमा ब्रम्हास्त्रको प्रयोग हुने ठाउँसम्म पुगेको टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर