सलमानको अन्तिम फिल्मको कलेक्सन खराब , चार दिनमा २१ करोड ८५ लाखको मात्र ब्यापार — OSNepal

सलमानको अन्तिम फिल्मको कलेक्सन खराब , चार दिनमा २१ करोड ८५ लाखको मात्र ब्यापार

LC (KTM) November 30, 2021 0

बलिउडमा चलेका नायक हुन् सलमान खान । उनको हरेक फिल्म हिट हुनेमात्र गरेको छैन बक्स अफिसमा दाम पनि राम्रै बटुल्न सफल छन् । थुप्रै हिट फिल्म दिएका सलमानको पछिल्ला फिल्महरु भने ब्यापारमा एकदमै कमजोर देखिएका छन् । उत्साह जति ब्यापार गर्न नसकेको फिल्महरुमा ट्यूवलाइट, दबंग ३, राधे, भारत लगायत रहेका छन् ।

त्यस्तै सलमानको केहि दिन अघि रिलिज भएको फिल्म अन्तिमले पनि ब्यापारमा कुनै कमाल गर्न सकेन । रिलिज भएको दिन देखी आज सम्म अर्थात ४ दिनमा यो फिल्मले करिब २२ करोडको मात्र ब्यापार गर्न सफल भएको छ । यो फिल्मले पहिलो दिनको ग्रस कलेक्सन ५ करोड ३ लाख मात्र कमाएको छ ।

यो सलमान खानको फिल्म मध्येको एकदमै कम कलेक्सन भएको फिल्ममा पर्न गएको छ । यो फिल्मले दोस्रो दिन ६ करोड ३ लाख, तेस्रो दिन ७ करोड ५५ लाख र चौथो दिन ३ करोड २४ लाखको कमाई गरेको छ । फिल्मले जम्मा चार दिन भित्रमा २१ करोड ८५ लाखको मात्र ब्यापार गर्न सकेको छ । ब्यापार राम्रो गर्न नसके पनि फिल्म लाई हेर्ने दर्शकले राम्रै भनेका छन् । फिल्मको राम्रै समिक्षा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर