सलमान खानलाई भारतीले चुम्बन गरेपछि पछि हेरेको हरैे भए पति हर्ष — OSNepal

सलमान खानलाई भारतीले चुम्बन गरेपछि पछि हेरेको हरैे भए पति हर्ष

LC (KTM) November 22, 2021 0

बिग बोस १५ को वीकेन्डका बारमा प्रतिष्पर्धीहरुको क्लास त लाग्छ नै तर साथमा मस्तीको माहौल पनि उत्तिकै गज्जबको हुने गरेको छ । यस वीकेन्डको बारमा महेश मांजरेकरको साथमा भारती सिंह तथा हर्ष लिंबाचिया पनि सहभागि भएका छन् । कमेडीकी क्विन भारती सिंहको साथमा शो को होस्ट सलमान खानको प्रोमो बाहिर आएको छ ।

सलमान तथा भारती हिट गाना साथिया तुने क्या किया मा डान्स गर्दै गरेको देख्न सकिन्छ । भारतीले सलमानको गालामा किस गरेर उनको नजर उतारेकी छिन् । उनले सलमानलाई काउकुती समेत लगाईन् जसका कारण सलमान खुब हाँसेका थिए । उनले सलमानलाई जोक्स समेत सुनाएकी थिईन् । उनको जोक्समा सलमान खुब हाँसेका थिए ।

यसैबीच बिग बोस सिजन १५ मा निर्माण पक्षले तमाम कोशिश गरे पनि शो को टीआरपीमा खासै कुनै बदलाव देख्न पाइएको छैन । टीआरपी बढाउनका लागि यस पटक प्रेस कन्फ्रेन्स पनि धेरै भइरहेको छ । रिर्पाेटका अनुसार आउँदो एपिसोडमा मिडिया पर्सन बिग बोस हाउसमा रहेका प्रतिष्पर्धीहरु संग कडा प्रश्न गरेको हेर्न पाईनेछ ।

अलग अलग मिडिया हाउस बाट शो मा पुगेका मिडिया पर्सनले शो को टप ३ प्रतिष्पर्धी समेत बताई दिएका छन् । यस शो का प्रतिष्पर्धीहरु कतिको पानी माथि रहेका छन् त्यो पनि मिडिया पर्सनहरुले हाउस भित्र पुगेर छर्लङ्ग पारिदिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर