सलमान खानले किन कहिल्यै खोल्दैनन् यो ब्रासलेट, कारण थाहा पाएर पर्नुहुनेछ दंग — OSNepal

सलमान खानले किन कहिल्यै खोल्दैनन् यो ब्रासलेट, कारण थाहा पाएर पर्नुहुनेछ दंग

LC (KTM) January 06, 2022 0

काठमाडौं । बलिउड स्टार सलमान खान भारतमा मात्र नभई विश्वका धेरै स्थानमा परिचित छन् ।उनका सबै जसो फिल्म बलिउडमा सफल भएका छन् ।उनले खेलेको फिल्मको कमाइको अनुमान रिलिजहुनुभन्दा पहिला नै सय करोडभन्दा बढीबाट शुरु हुन्छ । यसै बिच सलमानको नीजि जीवनको बारेमा पनि धेरैलाई चासो हुन्छ । तर, उनले लगाउने गरेको ब्रासलेटको रहस्यबारे भने धेरै मानिसहरु अनजान छन् ।

सलमान खान कहिले पनि आफ्नो बाला ९ब्रासलेट० फुकाल्दैनन् । किनकी उक्त ब्रासलेट उनलाई उनका बाबुले दिएका हुन् । जुन एक विशेष रत्नबाट बनेको छ । यसको चौडाइ १ दशमलव ७५ सेन्टिमिटरको छ र यसको करिब एक सय ग्राम रहेको छ । आफ्नो फिल्मको सुटिङमा पनि उनी त्यसलाई फुकाल्दैनन् ।

सलमान खानका फ्यानहरुका अनुसार उनको सफलताको कारण ब्रासलेट हो । त्यसैले उनी यसलाई फुकाल्दैनन् । त्यसका साथै फिरोजा रत्न मजबुत ब्रह्माण्डीय गुण भएको शक्तिशाली रत्न हो । यो कारणले पनि उनले उक्त ब्रासलेट आफूसँगै राखेका हुन् । यो ब्रासलेटको मूल्य करीब ९० हजार देखि १ लाखसम्म पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर