सलमान खान भन्दा हेण्डसम छन् नायिका केट्रिना कैफका बडिगार्ड, भन्छन्– अभिनयमा कुनै रुची छैन , तर शाहरुख खान जस्तो बन्न चाहान्छु — OSNepal

सलमान खान भन्दा हेण्डसम छन् नायिका केट्रिना कैफका बडिगार्ड, भन्छन्– अभिनयमा कुनै रुची छैन , तर शाहरुख खान जस्तो बन्न चाहान्छु

LC (KTM) November 19, 2021 0

केट्रिना कैफ तथा अभिनेता बिक्की कौशलको बिबाहको बिषय यतिबेला चर्चाको खबर बन्न पुगेको छ । अहिले सम्म धेरैलाई नायिका केट्रिना कैफको ब्यक्तिगत र ब्यवसायिक दुबै जिवनको बारेमा धेरै कुरा थाहा भइसकेको छ । तर उनको जिन्दगीमा यस्ता एक ब्यक्ति छन् जसले हरेक क्षण उनको ज्यानको रक्षा गरिरहेका छन् । उनी हुन् केट्रिना कैफका बडीगार्ड अर्थात अंग रक्षक दीपक सिंह । को हुन् त दीपक सिंह आज हामी उनका बारेमा जानकारी दिदैछौ ।

६ फीट अग्लो , मस्क्युलर बडी, देख्दा लाग्छ उनी कुनै बक्सर खेलाडी भन्दा कम छैनन् । उनको गुड लुक्स, पर्फेक्ट फिजिक्स देख्दा जो कोहीले उनलाई मोडलकै रुपमा बुझ्ने गल्ती गर्न सक्छ । एक्टर रोनित रायकी पत्नीले धेरै पटक दीपक तथा उनको पत्नी संगको फोटो शेयर गरेकी छिन् । उनको शरीर एकदमै आकर्षक र मिलेको देख्न सकिन्छ । उनी बलिउडका सुपरस्टार सलमान खान भन्दा कम हेण्डसम देखिदैनन् ।

जहिले पनि क्यामराको पछाडी रहेर केट्रिना कैफको ज्यान लाई हिफाजत गर्न उनी सधै तल्लीन रहने गरेका छन् । यिनै दीपकको जन्म आग्राको एक एयर फोर्स अफिसरको घरमा भएको थियो । १९९९ मा मुम्बई सिफ्ट हुनु भन्दा पहिला उनले आग्रामा रहेर आफ्नो स्कुलिंग पुरा गरेका थिए । उनी क्रिकेटर बन्न चाहान्थे । एक अन्र्तबार्तामा दीपकले आफु क्रिकेटर बन्नकै लागि क्रिकेट समर क्याम्पमा मूम्बई आएको र त्यहा चन्द्रकान्त पण्डित संग तालिम लिएको बताएका थिए । तर उनले त्यहाँ कलेज लेभल सम्मको क्रिकेट खेले पनि लिगको लागि भने छनौट हुन सकेका थिएनन् ।

५ बर्षको तालिम पछि सफलता हात नपरे पछि आफ्नो भिनाजु रोनित राय संग उनले सल्लाह लिए । त्यसपछि उनको भिनाजुले दीपकलाई एस सेक्युरिटी कम्पनीमा भर्ती गराई दिए । दीपकले फस्ट अन फिल्ड असाइनमेन्ट संजय लीला भन्सालीको फिल्म ब्ल्याकमा बतौर डोरमेनको काम गरेका थिए ।

त्यसपछि उनले बलिउडका हाइप्रोफाइलका कलाकार मात्र नभएर हलिउडका कलाकारको समेत गार्ड भएर काम गर्न सफल भएका छन् । उनलाई धेरै निर्माता, कलाकार तथा कोरियोग्राफरले फिल्मी दुनियामा छिर्न सुझाव दिए पनि आफुलाई कुनै मन नरहेको बताएका छन् । उनले आफ्नो फिल्डमा शाहरुख खान जस्तै बन्न चाहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर