नवलपरासी(पूर्व) ८ मंसिर । अवैध लागूऔषध गाँजाको धुलो सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिनयी त्रिबेणी गाउँपालिका-१ सानो टाडी ससुराली घरमा बस्ने काभ्रे महाभारत गाउँपालिका-३ घर भएका २२ वर्षीय कुखाङ वाईवा रहेका छन् ।
उनको साथबाट प्रहरीले करिब १ किलो ९ सय ३२ ग्राम अवैध लागूऔषध गाँजाको धुलो बरामत गरेको छ ।
ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरीले शंका लागि उनको कोठा जाँच गर्ने क्रममा कोठामा लुकाई राखेको अवस्थामा उक्त गाँजाको धुलो सहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।