सहमहामन्त्री डा महतको टोली भारत प्रस्थान — OSNepal

सहमहामन्त्री डा महतको टोली भारत प्रस्थान

LC (KTM) October 07, 2021 0

काठमाडौँ । भारतसँगको सम्बन्ध सुधार गर्न भन्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोली भारत प्रस्थान गरेको छ ।

भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारतको नयाँ दिल्लीतर्फ लागेको हो । टोलीमा कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणाको सहभागिता रहेको छ ।

डा. महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताएका छन् ।

गत भदौमा मात्र सहमहामन्त्री डा. महतको आमन्त्रणामा भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवा नेपाल आएका थिए ।

उनले नेपालका शिर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर