सहरी विकासमन्त्री झाँक्रीबाट धोबिखोला करिडोरको अनुगमन — OSNepal

सहरी विकासमन्त्री झाँक्रीबाट धोबिखोला करिडोरको अनुगमन

LC (KTM) January 13, 2022 0

काठमाडौं २९ पौष । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबिखोला करिडोरको अनुगमन गरेकी छन् ।

आज बिहिबार बिहान मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोली सहित मन्त्री झाँक्रीले धोबिखोला करिडोरको अनुगमन गरेकी हुन् ।

अनुगमनमा मन्त्री झाँक्रीले ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्था तथा बाटोको अवस्थाको अवलोकन गरेकी छन् ।

अवलोकन पश्चात मन्त्री झाँक्रीले सम्बन्धित निकायलाई तत्काल करिडोरमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएकी छन् ।

आफु फेरि केहि दिनमा नै अनुगमनमा आउने बताएकी छन् । उनले वाग्मती सभ्यता एकीकृत समिति र काठमाडौं उपत्यका विकास प्राधिकरण लाई तत्काल बाटोको अवस्था, ढल, फोहोरको समस्या समाधान गर्न निर्देशन दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर