सहिद स्मारक 'ए' डिभिजन लिग : पुनरामगन जितसँगै संकटा शीर्षस्थानमा — OSNepal

सहिद स्मारक ‘ए’ डिभिजन लिग : पुनरामगन जितसँगै संकटा शीर्षस्थानमा

LC (KTM) November 26, 2021 0

काठमाडौं, १० मंसिर – पुनरागमन जितसँगै संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले फ्रेन्ड्सलाई २-१ गोलले पराजित गरेको हो ।

फ्रेण्ड्सलाई दबाबमा राखे पनि संकटा पहिलो हाफमा १–० ले पछि परेको थियो । ५७औं मिनेटमा नरिज बस्नेतको गोलसँगै बराबरीमा फर्किएको संकटाका फोडे फोफनाको गोलसँगै ८६औं मिनेटमा २-१ को अग्रता बनाएको थियो ।

फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले ४२ औं मिनेटमा पेनाल्टी एरियाको ‘एज’बाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।पहिलो हाफमा १–० ले पछि परेको संकटाले ५७औं मिनेटमा नीरज बस्नेतको गोलसँगै खेलमा बराबरी गरेको थियो । मिडफिल्डर सुभाष गुरुङले बायाँतर्फबाट कर्नरमा दिएको क्रसमा बस्नेतले ६ यार्ड बक्स बाहिरबाट हेडरमार्फत प्रहार गर्दै गोल गरेका थिए ।

जितसँगै संकटा क्लब लिगका सुरुआति दुई खेलबाट चार अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, संकटा हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

समान ४ अंक भए पनि संकटा गोल अन्तरमा शीर्ष स्थानमा रहेको हो । शुक्रबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री–स्टारलाई १–० गोलको नतिजामा पराजित गरेको थियो ।

भोलि हुने पहिलो खेलमा च्यासल युथ क्लबले एपीएफ फुटबल क्लबसँग खेल्ने छ । यस्तै, दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर