सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा गगन थापा निर्वाचित — OSNepal

सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा गगन थापा निर्वाचित

LC (KTM) October 20, 2021 0

काठमाडौँ, ३ कात्तिक – विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित हुनुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा उहाँ सन् २०२१ देखि २०२३ का लागि निर्वाचित हुनुभएको हो । बोर्ड सदस्यका रुपमा उहाँले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्नुहुने भएको छ ।उहाँले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाका रुपमा उपयोग गर्ने बताउनुभएको छ ।

उहाँले सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको अग्रपङ्क्तिका लागि आफू निर्वाचित भएको खबरले उत्साहित बनाएको उल्लेख गर्नुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार भई काठमाडौँको क्षेत्र नं ४ बाट उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । थापा प्रतिनिधिसभाका लागि तेस्रो पटक सांसद हुनुहुन्छ । पहिलो पटक समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनुभएका उहाँ बाँकी दुई पटक भने प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर