साउथ नायिका सामन्था बलिउड छिर्दै — OSNepal

साउथ नायिका सामन्था बलिउड छिर्दै

LC (KTM) November 19, 2021 0

काठमाडौैं- हिन्दी भाषामा निर्मित चर्चित सिरिजमध्येको एक ‘द फ्यामिली म्यान’ को दोस्रो भागबाट ओटीटीमा उदाइन साउथकी सुन्दरी सामन्था । पहिलो सिरिजमा नै हाइट पाइसकेको यो सिरिजले दोस्रो भागमा पनि उत्तिकै चर्चा पायो । पहिलो भागका अन्य कलाकारको तुलनामा उनले पनि क्रेडिट लिइन् । सिरिजका मुख्य कलाकार मनोज बाजपेयी पश्चात सामन्थाको कामको चर्चा भयो ।

त्यसपछि उनलाई ओटीटी प्लेटफर्ममार्फत विभिन्न अफर आइरहे । उनलाई बलिउड फिल्ममै काम गर्न पनि अफर नआएको होइन । यद्यपि उनले बलिउड फिल्म गर्न मानिनन् । तर, २ अक्टोबरमा आफ्नो वैवाहिक जीवन अन्त्य गर्दै एकल बनेकी सामन्था मुम्बई आएकी छन् । उनी मुम्बई आएसँगै बलिउड फिल्ममा देखिन सक्ने अनुमान गरिएको छ । यद्यपि यसबारे उनले आधिकारिक रूपमा केही बोलेकी छैनन् । सेप्रेट भएपछि उनले मुम्बईमै रहेर काम गर्ने मनसाय बनाएको उनीनिकटले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् ।सामन्था मुम्बई आएपछि उनलाई पुनः वेब सिरिज तथा फिल्मको अफर हुन् थालेको छ । यद्यपि उनले काम गर्ने सिरिज वा फिल्म तय भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर