साफले नेपालीले उपाधी जितेको हेर्न चाहेन, अब सिधै उपाधी भारतलाई दिए भयो -मुख्य प्रशिक्षक अब्दुल्लाह — OSNepal

साफले नेपालीले उपाधी जितेको हेर्न चाहेन, अब सिधै उपाधी भारतलाई दिए भयो -मुख्य प्रशिक्षक अब्दुल्लाह

LC (KTM) October 16, 2021 0

साफ च्याम्पियनसिप फुटबलको आज फाईनल खेल हुदैछ । आजको फाइनल खेलमा उपाधीका लागि नेपालले भारत संग प्रतिष्पर्धा गर्दैछ । यसैक्रममा नेपाली फुटबल फ्यानहरुका लागि दुखको कुरा आएको छ । अब फाईनल खेलमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले स्थान बनाउन नपाउने भएका छन् । यसै बिषयलाई लिएर अल्मुताइरीले दक्षिण एसियाली फुटबल फेडेरसन साफले नेपाली फुटबललाई अन्याय गरेको दाबी गरेका छन् ।

भारतविरुद्धको फाइनलमा ‘डगआउट’ बस्न प्रतिबन्ध लागेपछि भर्चुअल प्रेस कन्फरेन्समा बोल्दै प्रशिक्षक अल्मुताइरीले साफले आफु र नेपाली फुटबललाई एकदमै ठुलो अन्याय गरेको दाबी गरेका हुन्। उनले साफले आफुलाई नियमावली मिचेरै प्रतिबन्ध गरेको बताएका छन् । साफले नेपाल र नेपाली फुटबल फ्यानहरुलाई पुरै अन्याय गरेको बताए । उनले व्यक्तिगत रिसइवीको कारण साफले आफुलाई फाइनलमा प्रतिबन्ध लगाएको दाबी गरेका छन् । उनले भने -साफले आफ्नो नियमलाई पालना गरेन । मलाई कारबाही गर्न पुरै नियम परिवर्तन गरेको छ । यो मलाई नभएर नेपाली फुटबलमाथिको कारबाही हो ।

उनले नेपाललाई उपाधि जित्नबाट बन्चित गर्न यो समस्या निकालिएको भन्दै सिधै उपाधी भारतलाई दिए हुने भन्दै रिसाएका छन् । उनले भने -मलाई लाग्छ उनीहरु नेपालले जितेको चाहदैन र यो समस्या निकालेको छ । प्रशिक्षक अल्मुताइरीले आफ्नो अधिकार र प्रतिबन्धविरुद्ध फिफा, एएफसी र साफमा अपील गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर