साफ च्याम्पयनसिप : नेपालबिरुद्ध भारत दुई शुन्यले अघि — OSNepal

साफ च्याम्पयनसिप : नेपालबिरुद्ध भारत दुई शुन्यले अघि

LC (KTM) October 16, 2021 0

साफ च्याम्पयनसिप फुटबलको फाइनलमा भारतले नेपालविरुद्ध अग्रता बनाएको छ । जारी खेलमा भारत दुई शुन्य गोल अन्तरले अघि रहेको छ । खेलको ४९ औँ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । अग्रता बनाएको एक मिनेटमै फेरी भारतले अर्को गोल थपेको छ। भारतका सुरेश सिंह वाङ्जामले खेलको ५० औँ मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारेका हुन्।

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो । त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ ।साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ ।

साफअन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १(० ले हराएको थियो । भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पूर्णरुपमा हाबी छ ।नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर