साफ च्याम्पियनसिप फुटबलको उपाधीका लागि अहिले नेपाल र भारतबीचको खेल सुरु साफ च्याम्पियनसिप फुटबलको उपाधीका लागि — OSNepal

साफ च्याम्पियनसिप फुटबलको उपाधीका लागि अहिले नेपाल र भारतबीचको खेल सुरु साफ च्याम्पियनसिप फुटबलको उपाधीका लागि

LC (KTM) October 16, 2021 0

अहिले नेपाल र भारतबीचको खेल सुरु भएको छ । नेपाल बिरुद्ध भारत सुरु देखीनै आक्रमक खेल खेलिरहेको छ । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेलिरेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो । त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ ।

तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ । साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ । साफअन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १(० ले हराएको थियो ।भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पूर्णरुपमा हाबी छ ।नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर