सामाजिक सञ्जाल मार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा भोटेबहाल बस्ने २० वर्षीय खड्गी पक्राउ — OSNepal

सामाजिक सञ्जाल मार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा भोटेबहाल बस्ने २० वर्षीय खड्गी पक्राउ

LC (KTM) November 19, 2021 0

काठमाडौँ ३ मंसिर । सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुक मार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गी रहेका छन् ।

निजले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्वीर तथा भिडियो पठाउन लगाइ दुस्ख हैरानी दिई सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।

उनलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको हो । निज उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर