सामुद्रिक किनारमा डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु — OSNepal

सामुद्रिक किनारमा डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

LC (KTM) November 25, 2021 0

पेरिस – उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ । फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिएका छन्। उनले उक्त डुंगामा सवार रहेका व्यक्तिहरु संयुक्त अधिराज्यतर्फ जान लागेका र डुंगा डुब्दा उनीहरुको ज्यान गएको बताए।

स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ ओटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको छ। यो दुर्घटनालाई एकै स्थानमा भएको ठूलो दुर्घटनाका रुपमा लिइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर