सिन्धुलीमा उद्धार गरिएका तीन बालिका र एक बालकको अभिभावकको जिम्मा लगायो प्रहरीले — OSNepal

सिन्धुलीमा उद्धार गरिएका तीन बालिका र एक बालकको अभिभावकको जिम्मा लगायो प्रहरीले

LC (KTM) November 23, 2021 0

सिन्धुलीमा उद्धार गरिएका एक बालक र तीन बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । आज प्रहरीले बालबालिका अभिभावकको जिम्मा लगाएको हो । हिजो साँझ बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरबाट उद्धार गरिएका बालबालिकालाई प्रहरीले आज अभिभावकको जिम्मा लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा डेरा बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–२, दुधौली नगरपालिका–१ र लमजुङको मस्र्याङ्दी गाउँपालिका बालबाललिका–१ गरी चार बालबालिका अभिभावकको जिम्मा लगाइएको हो ।

कमलामाई नगरपालिका–१ घर भई सूर्यविनायक–६ बस्दै आएका १२ वर्षीय सुनिता भुसाल र सात वर्षीय रिदम भुसाललाई आमा कल्पना भुसालको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो ।

यस्तै, दुधौली नगरपालिका–१४ घर भएकी ११ वर्षीया अस्मिता तामाङलाई आमा सुनमायाँ तामाङको जिम्मा लगाइएको छ भने लमजुङ मस्र्याङदी गाउँपालिका–२ घर भएकी १३ वर्षीया सीमा तामाङलाई बुबा धनबहादुर तामाङको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उनीहरु भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा डेरा बस्दै आएकामा अभिभावकलाई कुनै जानकारी नदिई सिन्धुली आएको र सिन्धुलीबाट अलपत्र भएपछि पुनः काठमाडौँ जाने क्रममा प्रहरीले उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो ।

राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा आफ्नो घरका अविभावक कोही कसैलाई नसोधी आफूखुसी घरबाट भागी हिँडेको उनीहरुले बताएपछि प्रहरीले अभिभावकलाई बोलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर