सिरहामा निषेधाज्ञा जारी — OSNepal

सिरहामा निषेधाज्ञा जारी

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । सिरहा जिल्लाको प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सिके राउत नेतृत्वको जनतम पाटीले चरणवद्ध आन्दोलन गर्न थालेपछि सिरहा प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

किसानले विउ चोरेको अभियोगमा किसानलाई प्रक्राउ गरेपछि जनमत पार्टीले किसानको रिहाईको माग गर्दै विगत केहि दिन देखि आन्दोलन गर्दै आएको छ ।

सोमबार चक्काजाम गरेपछि प्रशासनले आज बिहान ७ बजेदेखि बुधबार साँझ ५ बजेसम्मका लागि पूर्वपश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबायाँ लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

पूर्वमा बलान खोला र पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको प्रशासनले जनाएको छ । सो निषेधाज्ञा गरेको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने भएको छ ।

यदि प्रशासनको आदेश उल्लंघन गरेमा कानुन बमोजिम कारवाही हुने समेत जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर