सिरहामा बोक्सीको आरोपमा दलित महिलामाथि कुटपिट,यादव कल्याणपुर बजारबाट समातिए — OSNepal

सिरहामा बोक्सीको आरोपमा दलित महिलामाथि कुटपिट,यादव कल्याणपुर बजारबाट समातिए

LC (KTM) October 28, 2021 0

दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन्

कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुपिट गरेको आरोप लगाइएको छ । पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादव विरुद्ध गत गत भदौ १७ गते जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर