सुदूरपश्चिममा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि — OSNepal

सुदूरपश्चिममा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि

LC (KTM) November 13, 2021 0

बैतडी, २७ कात्तिक – सुदूरपश्चिम प्रदेशमा आज थप सात जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । विगत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १३७ जनाको नमूना परीक्षण गरिएको थियो ।

आरटी पीसीआरबाट ६ र एन्टिजेन विधिमार्फत एक जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ६ र एन्टिजेन विधिमार्फत कञ्चनपुरका एक जनामा सङ्क्रमण पुष्टि भएको हो।

विगत २४ घण्टामा प्रदेशभर ६ जना कोरोनाबाट मुक्त भएका छन् । सो अवधिमा प्रदेशमा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन । शुक्रबार प्रदेशमा कोरोनाबाट १८ सङ्क्रमित भएकामा नौ जना निको भएका थिए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर