सुदूरपश्चिममा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि — OSNepal

सुदूरपश्चिममा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

LC (KTM) November 23, 2021 0

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप ११ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ६१२ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरटी पिसीआरमार्फत नौ र एन्टिजेन विधिमार्फत दुई जनामा पुष्टि भएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा सात र महाकाली र बाजुरा अस्पतालमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिमार्फत कैलाली र कञ्चनपुरका एक÷एक जनामा पुष्टि भएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर नौ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा पाँच जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०८ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर