सुदूरपश्चिम प्रदेश : ६ मन्त्रीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशनको तयारी — OSNepal

सुदूरपश्चिम प्रदेश : ६ मन्त्रीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशनको तयारी

LC (KTM) May 31, 2021 0

धनगढी १७ जेठ । पार्टीको निर्देशन विपरित सरकारमा गएको आरोपमा ६ जना मन्त्रीलाई कारवाही गरिने भएको छ । माओवादी केन्द्रको सरकारबाट फिर्ता हुन दिएको पाटीको निर्देशन अवज्ञा गर्दै माओवादी सरकारमा सहभागी भएका ६ जना मन्त्रीलाई कारवाही गरिने भएको हो ।

शुक्रबार मात्र नियुक्त भएका सुदूरपश्चिम प्रदेश कमिटी सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्रीलाई सोधेको स्पष्टिकरण २४ घण्टा सकिएको भन्दै पार्टीले साधारण सदस्य पनि नरहने गरि कारावाही गर्ने भएको हो । साथै प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई पनि कारवाही गरिने भएको छ । कारवाहीमा पर्नेमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज रहेका छन् ।

एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले दिएको जानकारी अनुसार पाटीको साधारण सदस्य समेत नरहने गरि कारावाही गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर