सुनिताको 'तिम्रो हुने कहिले' मंसिर ३ बाट डिस्क होम लगायत अल नेपाल रिलिज हुंदै — OSNepal

सुनिताको ‘तिम्रो हुने कहिले’ मंसिर ३ बाट डिस्क होम लगायत अल नेपाल रिलिज हुंदै

LC (KTM) November 19, 2021 0

काठमाण्डौँ-क्लसिक फ्रेमको प्रस्तुतिमा निर्देशक राजु गिरीको निर्देशन रहेको सुधन धिताल, श्याम खत्रीको निर्माण रहेको चलचित्र ‘तिम्रो हुने कहिले’ मंसिर ३ गतेबाट देशभर एकसाथ प्रदर्शन हुँदैछ ।

चलचित्र भोली मंसिर ३ बाट डिस्क होममा पनि एकैसाथ प्रदर्शन हुन लागेको जानकारी निर्देशक गिरीले गराउनु भयो । चलचित्रको छांयाकन सिनेमाटोग्राफर रामकृष्ण चौलागाईं, सम्पादन ललित सिंह साउद रहेका छन ।

हालाई यसै चलचित्रको दैव लाग्यो मायामा बोल रहेको गीत पनि सार्वजनिक गरिएको छ जसमा शब्द अनिल खनाल स्वर राम भक्त जोजिजु सँगीत तथा संगीत संयोजन बाबुल गिरीको रहेको छ ।‘तिम्रो हुने कहिले’ मा नृत्य निर्देशन् सुनिता वस्नेतको रहेको छ । सुनिता बस्नेतले हाल विशेष त साल्सा र मोडन डान्सको प्रशिक्षण दिंदैआईरहेकी छन् ।

नृत्य प्रशिक्षकको रुपमा परिचित नृत्यांगना सुनिता बस्नेत पछिल्लो समय नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा पनि त्यतिकै सकृय बनेकी छन् । नृत्य निर्देशनको क्षेत्रमा थोरै महिला निर्देशक छन् जसमा कोरियोग्राफर, नृत्यांगना सुनिता बस्नेतको आफ्नै पहिचान छ ।चलचित्र ‘तिम्रो हुने कहिले’मा प्रकाश चन्द, करुणा पाण्डे, मिना जि.सि. सविन बास्तोला, सुधन धिताल, ललित सिंह आदि कलाकार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर