सुनिल सेट्टीका छोरा अहानको चलचित्र ‘तडप’को दोस्रो ट्रेलरलाई सर्वाधिक रुचाइयो — OSNepal

सुनिल सेट्टीका छोरा अहानको चलचित्र ‘तडप’को दोस्रो ट्रेलरलाई सर्वाधिक रुचाइयो

LC (KTM) December 02, 2021 0

काठमाडौं । बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीको डेब्यु चलचित्र ‘तडप’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रमा अहानका साथमा तारा सुतारियाको मुख्य भूमिका रहेको छ ।

ट्रेलरमा अहान एक्सन अवतारमा देखिएका छन् । उनको एक्सनलाई अत्यन्तै मन पराइएको छ । ट्रेलरमा तारा आहानकी प्रेमिकाको रुपमा देखा परेकी छन् ।

यो चलचित्र साउथको सुपरहिट चलचित्र ‘आरएक्स १००’को रिमेक हो । फक्स स्टार स्टुडियोको प्रस्तुतिमा यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । ‘तडप’लाई मिलन लुथरियाले निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर