सुन्दरी नायिका अदीति बुढाथोकीलाई कोरोना संक्रमणको पुष्टि,आफ्नो सम्पर्कमा आएकाहरुलाई परीक्षण गराउन आग्रह — OSNepal

सुन्दरी नायिका अदीति बुढाथोकीलाई कोरोना संक्रमणको पुष्टि,आफ्नो सम्पर्कमा आएकाहरुलाई परीक्षण गराउन आग्रह

LC (KTM) December 31, 2021 0

कोरोना संक्रमण यतिबेला बलिउडका कलाकारहरुमा तिब्र रुपमा सल्किरहेको छ । यसैक्रममा मुम्बईमा बसेर आफ्नो करियर खोजिरहेकी नेपाली हट एण्ड बोल्ड अभिनेत्री अदीति बुढाथोकीलाई पनि कोरोना संक्रमण भएको छ । अभिनेत्रि बुढाथोकीले आफ्नो इन्स्टाग्राम मार्फत कोरोना संक्रमण भएको जानकारी आफ्ना फ्यान तथा शुभचिन्तकहरुलाई दिएकी छिन् ।

फिल्म ‘बाबरी’ को सिक्किम छायांकन सकाएर उनी केही अगाडि मुम्बई पुगेकी थिइन् । सुरुमा उनलाई सामान्य लक्षण देखिएको र पछि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको बताएकी छिन् । सबैलाई सचेत रहन आग्रह गर्दै उनले लेखेकी छिन् -मैले आफूलाई आफैंदेखि अलग राखेको छु ।’

केही दिनदेखि आफ्नो सम्पर्कमा आएकालाई समेत परीक्षण गराउन उनले अनुरोध गरेकी छन् । बुढाथोकीले अनमोल केसी अभिनित फिल्म ‘कृ’ बाट नेपाली फिल्म डेब्यु गरेकी हुन् । उनले हिन्दी तथा पञ्जाबी गितमा समेत अभिनय गरिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर